प्युठान । रोल्पाबाट प्युठान आउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शब बुधबार बिहान राप्ती नदि किनारमा भेटिएको छ ।
Advertisement
प्युठानको स्वर्गद्वारी नगरपालिका–३ भाङ्ग्रीबाङकी ५६ वर्षिया हेमा कुँवरको शब सरुमारानी २ दर्भान नजिक राप्ती नदि किनारमा फेला परेको प्युठान प्रहरीले बताएको छ । मंगलबार रोल्पा र प्यूठानको सिमानामा रहेको घोर खोला तर्ने क्रममा खोलाले बगाई कुंवर बेपत्ता भएकी थिईन ।
शबलाई घर ल्याएर अहिले अन्तिम संस्कारको तयारी भईरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।