प्यूठान । प्यूठानमा सडक माथिबाट खसेको ढुंगाले लागेर मंगलबार एक जनाको ज्यान गएको छ ।
Advertisement
जिल्लाको माण्डवी गाउँपालिका वडा नंवर १ अरङखोलामा ढुङ्गाले लागेर स्थानिय २९ वर्षीय डोर बहादुर कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ । जग्गामा बिरुवा रोप्ने क्रममा निर्माणधिन देविस्थान तिराम सडकखण्डबाट खसेर आएको ढुंगा लागेर उनको मृत्यु भएको हो । मृतक कुवरको टाउको र निधारमा चोट लागेको थियो ।
घाईते कुवरलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।