• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्य तीव्र


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्यले तीव्रता पाएको छ ।

    Advertisement

    मल्म सप्ताहघाटमा निर्माण भइरहेको सभा हलको असार ५ गते गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले शिलान्यास गर्नुभएको थियो । सामाजिक विकास सँग सँगै सभा, सम्मेलन, बैठक, तालिम, गोष्ठी, सेमिनार, भेला गर्न सहज होस भन्ने उद्देश्यले सभा हलको योजनालाई सामाजिक संस्था घुम्टे युवा परिवारले अगाडि बढाएको थियो । सभा हल निर्माण गर्नको निम्ति आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले नगद रु १५ लाख बजेट विनियोजन गरेको थियो भने घुम्टे युवा परिवार जापान शाखाले नगद रु २ लाख सहयोग प्रदान गरेको छ । थप बोल रकम संकलन गरी पठाउने तयारी भइरहेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिनुभयो । सभा हलको ग्राउण्ड बेस, फाउन्डेसन र तल्लो बिम ढलान कार्य सम्पन्न गरि अहिले उपल्लो बिम ढलान र पिलार ढलानको तयारी भइरहेको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । मौसम प्रतिकूल हुँदा होस् या घाम पानी जुनसुकै अवस्थामा पनि सभा हल निर्माण भएपछि वडा सँगै नगर स्तरीय हरेक कार्यक्रम सञ्चालन गर्न सहज हुने निर्माण समितिका अध्यक्ष थापाले बताउनु भयो । सभा हलको निर्माणको लागि आर्थिक वर्ष २०७७/०७८ मा गलकोट नगरपालिकाले नगर स्तरिय योजना अन्तर्गत नगद रु २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । सभा हलको लागि गलकोट नगरपालिका ७ मल्मका जनप्रतिनिधि लोक बहादुर थापा, समाजसेवी हरिदत्त गौतम, समाजसेवी दल बहादुर थापा, भक्त बहादुर थापा, कमला थापा र प्रकाश थापाले आवश्यक पर्ने झण्डै १ करोड मूल्य बराबरको साढे तीन रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको सभा हल जग्गा व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिनुभयो । सभा हल निर्माण स्थलसम्म पुग्नको लागि सडकको ट्रयाक समेत खोलिएको छ । सडक निर्माण गर्न स्थानीय हीरा कुमारी थापा, सुवेदार देव बहादुर थापा र भक्त बहादुर थापाले जग्गा प्रदान गर्नुभएको छ । गलकोट क्षेत्रमा हुने विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सामाजिक संस्था घुम्टे युवा परिवारले २०७५ सालको होली पूर्णिमा मेलाका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई माग पत्र प्रस्तुत गरेको थियो ।निर्माण कार्य सम्पन्न गर्न मन्त्रालयले थप बजेट सहयोग गर्ने आश्वासन समेत दिएको बताइएको छ । सभा हल निर्माणको लागि आवश्यक थप बजेट उपलब्ध गराउन स्थानीय तह र केन्द्रीय सरकारसँग पनि पहल गरिएको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका सचिव रुद्र केसीले जानकारी दिनुभयो ।

    सभा हल निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापाले बताउनु भयो ।

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...