तुलसीपुर । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलालाई कोरोना देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज परीक्षण गर्दा रिपोर्र्ट पोजेटिभ आएको हो ।प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल लगिएको थियो ।
Advertisement