जीवन न्यौपाने, नवलपरासी । रुपन्देहीको सैनामैना नगरपालिकामा पदम राज पोखरेलको अध्यक्षतामा शुक्रबार बैंकर्स क्लव सैनामैना गठन भएको छ ।
बैंकिक सेवा प्रवाहमा सहज, सरल र गुणस्तरीयताका लागि सैनामैना नगरपालिका भित्र रहेका विभिन्न २१ वटा बैँकका शाखाहरुलाई समेटेर ग्लोबल आइएमई बैँक मुर्गिया शाखाका प्रबन्धक पदम राज पोखरेलको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति रहेको बैंकर्स क्लव सैनामैना गठन गरिएको तिनाउ मिसन डेभलपमेण्ट बैंक मुर्गिया शाखाका प्रबन्धक कृष्ण प्रसाद घिमीरेले बताए ।
सो बैंकर्स क्लव सैनामैनाको उपाध्यक्षमा एनएमबि बैंक मुर्गिया शाखाका प्रबन्धक राम शर्मा, सचिवमा एनआइसि एसिया बैँक मुर्गिया शाखाका प्रबन्धक विश्व बन्धु उपाध्याय (अर्याल) र कोषाध्यक्षमा तिनाउ मिसन डेभलपमेण्ट बैँक मुर्गिया शाखाका प्रबन्धक कृष्ण प्रसाद घिमीरे रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कृषि विकास बैंक लिमिटेड मुर्गिया शाखाका प्रबन्धक दुर्गाप्रसाद खनाल, एनसिसि बैंक कलौनी शाखाका प्रबन्धक खिमलाल पुरी र कामना सेवा विकास बैंक सालझण्डी शाखाका प्रबन्धक लक्ष्मण मरासिनी चयन भएका छन् ।
सैनामैनामा रहेका सम्पुर्ण बैंक बिच एक आपसमा पारस्पारिक सम्बन्ध कायम गर्नुका साथै सेवा प्रवाहमा गुणस्तरीयता, बैंकमा देखिने विविध समस्याहरुको समाधानका लागि बैंकर्स क्लवको गठन गरिएको अध्यक्ष पोखरेलले बताए । सरकारी एवम् गैरसरकारी बैंकहरु समावेश गरेर बैंकर्स क्लव गठन गरिएको हो ।
रुपन्देहीको सैनामैनामा बैंकर्स क्लव गठन
रुपन्देहीको सैनामैनामा बैंकर्स क्लव गठन

Advertisement
तपाईको प्रतिक्रिया