• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

देवदहकी अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • रुपन्देही। रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ ।
    बिहीबार भएको थुनछेक बहसमा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेलको एकल इजलाशले प्रतिवादी देवदह नगरपालिका का ११ बड्कीगुम्मीका २५ वर्षिय कोइला भन्ने विरेन्द्र भर, आमा ५० वर्षिया अकाली र ५५ वर्षिया ठूलीआमा शितलीलाई थुनामा राख्ने आदेश गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयले तीन जनाविरुद्ध बलात्कार, जातीय भेदभाव र आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गराएको छ । बुधबारदेखि थुनछेक बहस सुरु भएको हो । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र १४ जना गरि १६ र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताहरुले थुनछेक बहसमा भाग लिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीले जानकारी दिए । बादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता डम्बरप्रसाद काफ्ले, सहन्यायधिवक्ता विष्णुप्रसाद भट्टराई डिल्लिराज ज्ञवाली, कमल कोइराला थुनछेक बहसमा सहभागी थिए । यसैगरि पीडितका तर्फबाट निःशुल्क रुपमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु शैलैन्द्रप्रसाद हरिजन, श्यामकुमार विश्वकर्मा, त्रिलोकचन्द विश्वास, सुन्दरबहादुर सेन, सूर्यराज अधिकारी, लोकनाथ पन्थ, गिरीजाबहादुर सुनार, युवराज रेग्मी, मनोज श्रेष्ठ, पदम कार्की र इन्दु अर्याल बहसमा भाग लिएका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता राममणि भूर्तेल र कुलानान्द ज्ञवालीले थुनछेक बहस गरेका हुन ।.देवदह ११ का २५ वर्षिय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको,त्यसपछि विरेन्द्रसहित उनका आमा अकाली र ठूलीआमा शितलीले जातीय विभेद गरि अंगिरालाई आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले तीन वटा मुद्धा अदालतमा पेश गरेको हो । जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरुले १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने विरेन्द्रको जिम्मा लगाइदिएपछि घटना भएको थियो । जातीय छुवाछुतको पृष्ठभूमिबाट सृजित अपराध भएको भन्दै स्वत स्फूर्त रुपमा काठमाडौंबाट समेत पीडितका तर्फबाट बहसमा भाग लिन अधिवक्ताहरु रुपन्देही जिल्ला अदालतमा आएका छन् ।
    घटनामा संलग्नलाई कारवाही गर्न र न्यायको माग गर्दै ५ दिनदेखि भैरहवामा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आएका थिए । बिहीबार पनि जिल्ला अदालत अघि धर्नासहित अंगिराको न्यायको माग गरेको संयुक्त दलित संघर्ष समितिका सहसंयोजक बुद्धिराम हरिजनले बताए ।

    Advertisement

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation