नरहरि पौड्याल, पोखरा । पोखरामा एक दर्जन जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडानं १० बुद्धमार्गबाट प्रहरीले ५ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
बुद्धमार्गस्थित कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ५० वर्षीया अन्जना गुरुङको डेरामा तास खेलीरहेको अबस्थामा जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । प्रहरीले ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ बरामद गरेको प्रवक्ता हमालले बताए।
पक्राउ पर्नेहरुमा पोखरा १० राजेश गुरुङ, १५ का पदमबहादुर गुरुङ,२६ का नविन गौतम, ५का ठाकुरप्रसाद गुरुङ, ६ का उमेश क्षेत्री, १२ का रामबहादुर गुरुङ, ३ का नविन गुरुङ,८ का सन्तुमाया गुरुङ,७ का प्रेमकुमारी गुरुङ, १०का मिना पुन,१० का सुनिता पुन र पोखरा १० का अन्जना गुरुङ रहेका छन् ।
पक्राउ परेकालाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान गरिरहेको र थप कारवाही प्रक्रिया अगाडी बढाइएको उनले जनाए ।
पोखरामा जुवाको खालबाट ५ महिलासहित १२ जना पक्राउ
पोखरामा जुवाको खालबाट ५ महिलासहित १२ जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया