पुजा लम्साल, सुनवल । पश्चिम नवलपरासीमा लागूऔषधको कारोबार बढेको पाइएको छ । लागूऔषध कारोबारीहरुले लकडाउनको मौका छोपी सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेको पाइएको छ ।
त्यसैगरी, जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट प्रहरीले दुई जनालाई लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ७ उजैनी निवासी ४१ बर्षीय चन्द्रिका राठौर र २१ बर्षीय अजय राठौर रहेका छन् । इलाका प्रहरी कार्यालय अमानिगंजको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु १३ प ४३६५ नं को मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार पक्राउ परेकाहरुबाट फेनारागन २ सय ३८ एम्फुल, डाइजापाम १ सय ५८ एम्फुल, नुर्फिन १ सय ९६ एम्फुल गरी पाँच सय ९२ एम्फुल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका चन्द्रिका राठौर यस अघि पनि लागुऔषध वेचविखनमा संलग्न रहेको आशंकामा प्रहरीको निगरानीमा रहेका व्यक्ति हुन् ।