रुपन्देही । रुपन्देहीमा गएराती भएको घटनाको छानमिन गर्न एसएसपीको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन भएको छ।
Advertisement
जिल्लाको तिलोत्तमा नगरपालिका वडा नंवर १० मा ५ जनाको ज्यान जाने गरि भएको हत्याको घटना बारे अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन भएको हो । प्रदेश प्रहरी कार्यालय-५ का एसएसपी राजकुमार वैदवारको नेतृत्वमा ३ सदस्यीय अनुसान्धान टोली गठन भएको हो ।अनुसन्धान टोलीले अनुसन्धान सुरू गरिसकेको प्रदेश ५ प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जानकारी दिए । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।उनलाई घटनास्थल नजिकै बेहोस अवस्थामा पक्राउ गरिएको डीआईजी धानुकले बताए ।
तिलोत्तमा नगरपालिका-१० को मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको राती हत्या भएको थियो । हत्यामा ज्यान गुमाउनेमा ५ मध्ये १ महिलासमेत रहेकी छिन् ।