बिजनेस सुरुगर्न सजिलो छ तर त्येसलाइ सफलतापूर्वक सञ्चालन गर्नका लागि भने धेरै कुरामा ध्यान पुर्याउनु पर्दछ ।बिजनेस गर्दा यस्ताे तरिकाबाट गर्नु पर्छ जुन बिजनेसले हरेकाे व्यक्तिको ध्यान तपाईंले गरेकाे काम तिर केन्द्रीत हुन पुगाेस ।यसका अतिरिक्त अरु विषयमा पनि ध्यान पुर्याउनुका साथै सक्षम नेतृत्व हुनु पनि परम आवश्यकता पर्दछ सफल व्यापार व्यापारी हुनका लागि ।
कुनै पनि कम्पनी सञ्चालन गर्नका लागि काम गर्ने कर्मचारी प्राप्त गर्न त सकिन्छ तर काम लगाउने क्षमता हुनु परम आवश्यकता मानिन्छ । व्यापारमा लक्ष्मीकाे कृपा प्राप्त गर्नका लागि धैर्यता प्रमुख विषय हाे । लक्ष्मीकाे दाेस्राे रुप भनेकै धैर्यता हाे । हरेक मानिसकाे चाहना हुन्छ आफ्नै स्वतन्त्र तरिकाबाट गरिने व्यापार व्यवसाय हाेस तर त्येसका लागि कर्म भन्दा पनि भाग्यकाे महत्त्वपूर्ण भूमिका हुने गर्दछ ।
सफल बिजनेस मैन हुनका लागि यस्ता ग्रहयाेग हुन परम आवश्यक हुन्छ ।
सफल व्यवसायी हुनका लागि ग्रह स्थिति तथा सकारात्मक साेचकाे प्रमुख भूमिका रहने गरेकाे छ । व्यापारमा सफलता प्राप्त गर्नका लागि बुध तथा शुक्र ग्रहकाे स्थिति एकदमै राम्राे हुनु पर्दछ ।बुध तथा शुक्र ग्रह राम्राे हुनेले सुरुवाती समयमा धेरै मेहनत गर्नु परेपनि अन्त्यमा साेचे अनुसार नै व्यवसाय सफल हुने छ । व्यापारमा सुन्दर प्रिय अनि सुमधुर सम्बन्धकाे परम आवश्यकता हुने हुदा बुध तथा शुक्र ग्रहले यी विषयकाे प्रतिनिधित्व गर्दछ ।
कस्ताे खाले व्यवसायमा मानिस धेरै सफल हुन्छन् यसकाे निर्धारण गर्नका लागि कुण्डलीकाे प्रथम भाव, द्वितीयत, सप्तम,नवम दशम,तथा एकादश भावकाे स्वामी ग्रह तथा बुध ग्रह बलियाे हुनु पर्दछ । जन्म कुण्डलीमा कर्म भाव (कार्यगर्ने स्थान) दशम भाव राम्राे रहेकाे अवस्थामा मानिस सफल व्यापारी बन्न सक्ने प्रवल सम्भावना हुने गर्दछ । यस्ताे अवस्थामा दशम भाव , दशमेश, तथा शुक्र तथा बुध ग्रह याेगकार भएर बसेकाे स्थितिमा मानिसले साेचेअनुसार नै व्यवसाय सञ्चालन गर्न सक्दछन ।
ग्रहले विशेष प्रकारकाे याेग बनाउनु पनि पर्दछ सफल व्यापारी हुनका लागि ।प्रमुख रुपमा पंचमेश या नवमेश अर्थात बुद्धि तथा भाग्यकाे सम्बन्ध भएकाे अवस्थामा अफ्नाे पिता या पारिवारिक सम्बमा गरिएको व्यवसाय सफल शास्त्रमा उल्लेख गरिएको छ।
व्यवसायमा यदि चन्द्रमा ग्रह राम्राे अवस्थामा शुभ ग्रहकाे दृष्टिमा छन् भने तरल पदार्थको व्यवसाय गरेमा सफल हुने गर्दछ । यदि शनि तथा मंगलकाे दृष्टि याेग बनाएर बसेकाे अवस्थामा मानिसलाई ईन्जिनियरिङ तथा फलाम संग सम्बन्धित कुनै पनि कार्य गर्दा सफल हुने सम्भावना धेरै हुन्छ ।
यदि बुध तथा शुक्रग्रह दुबै बलवान तथा याेगकारक भएर शुभ भावमा बसेमा कपडा उद्योग या कपडा संग सम्बन्धि व्यवसायमा सफलता मिल्ने छ । शास्त्रमा चन्द्रमा लाई स्त्री कारक ग्रह भनेर भनिएकाे छ ।यदि चन्द्रमा बृहस्पति संग सम्बन्ध बनाएर शुभ भावमा बसेमा मानिसले स्त्री संग सहकार्य गरेर गरिएका व्यवसायमा सफल हुने उल्लेख गरिएकाे छ ।
यदि तपाईंको कामकाराेबारमा या व्यवसायमा कुनै पनि प्रकारकाे समस्या छ भने निम्न उल्लेखित नंवरमा या सामाजिक सञ्जालमा आबद्ध भएर आफ्नाे कुण्डली तथा वास्तुकाे परामर्श लिन सक्नु हुने छ ।
लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।सम्पर्क ९८५१०६११२४ ईमेल rijal.suresh123@ gmail.com