सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका ६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिलाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Advertisement