• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • बेइजिङ । चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुन: मापन गर्नका लागि टोलीले सगरमाथाको आरोहण गरेको हो ।

    Advertisement

    भाइरसको महामारीका कारण नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको आरोहण गर्न दुवै देशले विदेशी टोलीलाई रोक लगाएका छन् । चीनले भने आफ्ना नागरिकलाई आरोहणको अनुमति दिँदै आएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले सर्वेक्षकको टोलीले सगरमाथा आरोहण गरेको जनाएको छ । ‘दुई जना व्यावसायिक सर्वेक्षकले मौसमको अनिश्चितता र अपर्याप्त अक्सिजनका कारण आरोहण बीचमै रोकेका छन्,’ सिन्हवाले उल्लेख गरेको छ ।

    सिन्हवाका अनुसार ८ जना आरोहीहरू स्थानीय समयअनुसार बुधबार बिहान ११ बजे सगरमाथाको टुप्पोमा पुगेका हुन् । ‘सहयोगीहरूले मंगलबार टाँगेको डोरीको सहयोगमा टोलीका सदस्यहरू चुचुरोमा पुग्न सफल भएका हुन्,’ सिन्हवाले जनाएको छ । टोलीमा सिन्हवा समाचार संस्थाका विशेष संवाददाता टासी छिरिङसमेत छन् । चिनियाँ टेलिभिजनमा सार्वजनिक दृश्यहरूमा उनीहरूले सर्वेक्षणका लागि आवश्यक उपकरणसमेत जडान गरेको देख्न सकिन्छ ।

    सिन्हवाले आइतबार १२ सदस्यीय टोली ७०२८ मिटरको क्याम्पमा पुगेको जनाएको थियो । यसअघि खराब मौसमका कारण चुचुरोमा पुग्ने उक्त टोलीको प्रयास दुई पटकसम्म असफल भएको थियो ।

    चीनको राष्ट्रिय स्रोत मन्त्रालयका अनुसार गत मार्च महिनाको सुरुदेखि ५३ सदस्यीय टोलीले सगरमाथाबारे वैज्ञानिक कार्यहरू गरिरहेको छ । सगरमाथाको उचाइबारे नयाँ तथ्य पत्ता लगाउन ‘बेइडो’ नामक भू–उपग्रह प्रयोग गरिएको सिन्हवाले जनाएको छ । मन्त्रालयका अनुसार हिउँको गहिराइ, मौसम र हावाको बहावबारे समेत टोलीले अध्ययन गर्नेछ ।

    चीनले सगरमाथाको उचाइ नेपालले कायम गरेको भन्दा करिब ४ मिटर कम रहेको बताउँदै आएको छ । तर ५ वर्षअघि नेपालमा गएको ठूलो भूकम्पपछि यसको उचाइमा सामान्य परिवर्तन आएको हुन सक्ने ठानिएको छ ।

    चीनले सन् १९४९ यता ६ पटक सगरमाथाको सर्वेक्षण गरिसकेको छ । सन् १९७५ को सर्वेक्षणअनुसार चीनले सगरमाथाको ८८४८.१३ मिटर रहेको जनाउँदै आएको थियो । तर सन् २००५ मा चीनले यसको उचाइ ८८४४.४३ मिटर कायम गरेको हो । नेपालले यसको उचाइ ८८४८ मिटर कायम गर्दै आएको छ ।

    आरोहण क्षेत्रका जानकारहरूका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नु निकै कठिन मानिन्छ । हिमाण आरोहणसम्बन्धी तथ्यांक राख्ने संस्था हिमालयन डाटाबेसका रिचार्ड सालिसबरीका अनुसार सन् १९६० को मे महिनामा चिनियाँ टोलीले सगरमाथाको आरोहण गरेको थियो । त्यसै वर्ष भारतीय आरोहीहरूले प्रयास गरे पनि उनीहरू असफल भएका थिए ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङको गत अक्टोबरमा भएको नेपालको राजकीय भ्रमणका क्रममा दुवै देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । राष्ट्रपति सीले सगरमाथालाई ‘दुवै देशको मित्रताको अनन्त प्रतीक’ बताएका थिए । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation