राम बहादुर बिश्वकर्मा, प्युठान /तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका प्रती संयुक्त दलित संघर्ष समिति प्युठानले ध्यानाकर्षण ब्यक्त गरेको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयहरुको कुटाई बाट जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका नबराज बि क र उनका साथी टेक बहादुर बि क मृत्यु भएको र थप ४ जना बेपत्ता पारिएको प्रती समितिले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।
आफ्ना १९ जना साथीसहित स्थानीय सुस्मा नाम गरेकी युवती र नबराज बिच भएको प्रेम सम्बन्धलाई लिएर दलित भएकै कारणले युबकले ज्यान गुमाउनु परेको स्पष्ट जानकारी आइसकेको छ।
२१ औ शताब्दीको समुन्नत समाजमा आजको समयमा पनि दलित भएकै कारण गैह्र दलित युवती सङ्ग प्रेम सम्बन्ध भएको कुराले ज्यान नै गुमाउनुपर्ने घटना घट्नु निन्दनीय अपराध हो भन्दै घटनामा संलग्न दोशिलाई नेपालको मुलुकी ऐन २०६८ अन्तर्गत कानुनी कानुनी दायरामा ल्याई हदै सम्मको कार्बाहि गर्न जिल्ला का सम्पुर्ण राजनीतिक दलका भातृ संङ्गठनका प्रतिनिधि तथा दलित अगुवाहरु द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै उक्त घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको भन्दै छिटो भन्दा छिटो निष्पक्ष छानविन गरि पीडकलाई कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग समेत गरेका छन्।
रुकुम घटना प्रती संयुक्त दलित संघर्ष समिति प्युठानको ध्यानाकर्षण
रुकुम घटना प्रती संयुक्त दलित संघर्ष समिति प्युठानको ध्यानाकर्षण

Advertisement
तपाईको प्रतिक्रिया