काठमाडौँ। नेपालमा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार झापामा ८ जना पुरुषहरु र रुपन्देहीमा १ जनामा कोरोना देखिएको हो ।
रुपन्देहीमा २७ वर्षीय पुरुष रहेका छन् । झापामा १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई जना, २३, ५२ र ५५ वर्षीय गरी ८ जना पुरुषहरु रहेका छन् । उनीहरु सबै कचनकवलको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा रहेका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । जसमा ३ सय ८३ जना पुरुष र ७० जना महिला संक्रमित भएका छन् ।
हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।