अर्घाखाँची। जिल्लामा झण्डै ३ हजार लिटर अवैध मदिरा नस्ट गरिएको छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरेको जनाएको हो । सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट प्रहरी टोलीले विशेष सुचनाको आधारमा घरेलु मदिरा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बेच्न राखिएको २ हजार ६ सय लिटर तथा तयारी अवस्थामा रहेको करिव ३ सय ६५ लिटर गरि २ हजार ९ सय ६५ लिटर मदिरा नस्ट गरिएको जानकारी दिए।