जीवन न्यौपाने, नवलपरासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघमा आबद्ध जिल्लाका सबै पत्रकारहरुको कोरोना बिमा गर्ने भएको छ ।
शाखाले जिल्लामा आबद्ध सदस्यहरुको लागी ५० हजार रुपैयाँ बराबरको कोराना बीमा गरिदिन लागेको हो । साथै बीमाबापत बुझाउनु पर्ने सम्पूर्ण शुल्क समेत महासंघले नै खर्चिने भएको छ ।
सीमा क्षेत्रमा रहेका पश्चिम नवलपरासीका पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सो जोखिमलाई ध्यानमा राखी कोरोना बिमा गर्न लागिएको र कोरोना भाइरस (covid-19) को पीसीआर रिपोर्ट पोजिटिभ देखियो भने तुरुन्तै बीमा रकम दाबी गर्न सकिने पत्रकार महासघं पश्चिम नवलपरासिका अध्यक्ष हरि शर्माले बताए ।
साथै शर्माले भारतीय सिमा क्षेत्र नजिक रहेका जिल्लाका सम्पूर्ण पत्रकारहरुको कोभिड-19 को पिसिआर टेष्ट र कोरोना बिमाको व्यवस्था सरकारले नै गर्नुपर्नेमा सरकार नै उदाशसिन रहेकोप्रती दुख व्यक्त गर्दै सरकारले गर्नुपर्ने दायित्व आफुहरुले भएपनी निभाउन लागेको बताए ।
पत्रकार महासंघ नवलपरासीद्वारा पत्रकारको कोरोना बिमा गर्ने
पत्रकार महासंघ नवलपरासीद्वारा पत्रकारको कोरोना बिमा गर्ने
Advertisement
तपाईको प्रतिक्रिया