काठमाडौं। नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ का ७ जना र रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement