काठमाडौं । नेपालमा मंगलबार मात्रै कोरोना भाईरसका ८३ जना नया संक्रमित फेला परेका छन्। काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले योसँगै अहिले सम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ।
मंगलबार दिउँसो मात्रै कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए।
यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन्। यद्दपी नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।