कपिलवस्तु । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पछी कपिलबस्तुलाई शील गरिएको छ जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गर्ने निर्णय गरेको हो ।
आज साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको जिल्ला प्रशासनले सुचना जारी गरेको छ । उक्त निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ ।
कपिलवस्तुमा अहिले सम्म १५ जना कोरोना संक्रमित फेला परि सकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।