अर्घाखाँची । अर्घाखाँचीमा चट्याङ पछिको आगलागीले लाखौको क्षती पुर्याएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० बेलटारी स्थित त्रिकन्या गौरी कृषि तथा पशुपंक्षी पालन फर्ममा चट्याङ परेर आगलागी भएको हो। फर्मका सञ्चालक बाबुराम पाण्डेले चट्याङ्पछिको आगलागीले आफुले ठुलो नोक्सानी ब्येहोर्नुपरेको बताए ।
आगलागीमा परी एक जर्सी गाई मरेको छ ।भने ९ वटा गाई आगोले जलेर घाइते भएका छन् । आगलागीमा जेनेरेटर, कुटानी पिसानी मिल, दानाको गोदाम, गाई भैंसीलाई खुवाउने पराल, खरलगायत, फर्मका अन्य सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट १५ लाख बढिको नोक्सानी भएको बताईए पनि एकिन तथ्याङक आउन बांकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
Advertisement