टेकबहादुर पुन, दाङ । देउखुरीका एक दम्पतीले बिपन्न तथा मजदुरको परिवारलाई राहात बितरण गर्दै अाफ्नो बिबाह बर्षगाँठ मनाएका छन् ।
लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर निवासी अाशिष पौडेल र कबिता अोलीले ९ अौँ बिबाह बर्षगाँठको अबसरमा मध्यनगरका अति बिपन्न तथा मजदुरको ५ परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरेका हुन् ।
प्राय दम्पतीले बर्षगाँठको अबसरमा घुम्न जाने, मिठा परिकार खाने, खुसी साटासाट गर्ने, अनाबस्यक फजुल खर्च गर्ने गर्छन । तर, यी दम्पतीले पिडित बिपन्न र मजदुरको अाँशु पुछ्दै बर्षगाँठ मनाएका हुन् । दुखी बिपन्न तथा मजदुरको परिवारलाई अाफ्नै घरमा बोलाई उनिहरुले प्रति परिवार २५ किलो चामल, ४ किलो दाल, साबुन २ अोटा, नुन १ किलो, तेल १ लिटर र अण्डा १ क्यारेट बितरण गरेका हुन् । बिपन्न तथा मजदुरका परिवारले खुसी ब्यक्त गर्दै पौडेल दम्पतीलाई धन्याबाद दिएका थिए । पौडेलले कुखुरा ब्यबसाय गर्दै अाईरहेका छन् ।