राम बहादुर बिश्वकर्मा, प्यूठान । प्यूठानमा माडी नदिमा डुबेर एक बालकको ज्यान गएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ वाटुलेका १० वर्षे बालक आर्जू खत्री क्षेत्रीको माडी नदीमा डुवेर मृत्यु भएको हो ।
Advertisement
शनिबार , उनि साथीसंग माछा मार्न माडी नदिमा पुगेका थिए। त्यसै बेला डुबेर उनको ज्यान गएको पारिवारिक श्रोतले बताएको हो । नदिमा पौडी खेल्दै गरेका खत्री डुबेको अबस्थामा देखेपछी उनका साथीहरुले परिबारलाई जानकारी गराएको बताइएको छ।
मृतकको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । खत्री ज्ञान मन्दिर विद्या गृह खुङ्री रोल्पामा कक्षा १ अध्ययन गर्ने विद्यार्थी हुन ।