कपिलवस्तु । जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडाध्यक्ष माथी गोलि प्रहार भएको खबर छ। अपरिचित व्यक्तिले वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई गोली हानेको प्रहरीले बताएको हो ।
Advertisement
यद्धपी,वडाध्यक्ष मुसलमानलाई लक्षित गरि प्रहार भएका कुनै पनि गोली लागेको छैन । शुक्रबार बिहान करीव १ बजे वडा नम्बर ८ को खोरिया गाँउमा आफ्नै घरमा सुतिरहेका वडाध्यक्ष मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको हो । दुई जनाको समूहमा आएका अपरिचित व्यक्तिले रिवाल्वरले मुसलमानमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।