सल्यान । सल्यानमा सामान्य विवादमा छोराले बाबुको हत्या गरेका छन् । सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका ५१ वर्षीय बुदे विकको छोरा २१ वर्षीय सुरजले हत्या गरेका हुन् । बाबुलाई कुटपिटपछि हत्या गरेको आरोपमा सुरजलाई गएराति पक्राउ गरिएका सल्यान प्रहरीले जनाएको छ । सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ । प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ ।
Advertisement