नेत्र मरासिनीं,अर्घाखाँची । बैशाख ५ गते प्रशासन कार्यालयमा बसेकाे सर्बदलिय ,सर्बपक्षीय बैठकले गरेकाे निर्णय बल्ल अाएर कार्यान्वयन भएको छ ।
काेराेना भाईरस ( काेभिड १९) राेगका कारण लक डाउन भएपछि सुनाैली नाकाकाे नाैतनवा भारतिय क्वारेन्टाइनमा रहेका १३० अर्घाखाँचीबासी हरूलाई जिल्लामा ल्याउने काम गरिदैं छ । जस्मा ९१ जना अर्घाखाँची मालारानी गाउँपालिकाबासिहरू रहेका छन् भने पाणिनी गाउँ पालिकाका १० जना , सन्धिखर्क नगरपालिकका २५ जना छत्रदेवका ३ जना , सितगंगाका १ जना रहेका छन् । यसरि दुख पाईरहेका सबैलाई मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण अाचार्य नेपाल भारत सिमाना सुनाैलीमा पुगेर ल्याउँने काममा लाग्नु भएको छ । ढिलै भए पनि निशुल्क रूपमा गर्न थालिएकाे उद्दार कार्यले पिडितहरू खुसि ब्यक्त गरेका छन् ।
हिजाे बैशाख १२ गते ४० जना जिल्ला अाईपुगेकाे र तिनीहरू मध्ये २५ जना मालारानी गाउँपालिका ३ नं वडाकाे अादर्श मा . वि. खन दहकाे क्वारेन्टाइन मा राखिएको काे छ जस्मा एक जना छत्रदेव गाउँपालिकाकाे रहनु भएको छ , यसरी अाउँदै गरेका समेत गरि ९१ जनालाई अादर्श मां.वि .कै क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलायकाे वडा अध्यक्ष शाेभाखर खनालले बताउनु भएको छ ।बाँकि १५ जना सन्धिखर्क नगरपालिका २ काे बेलबाटिका क्वारेण्टाईनमा राखिएकाे छ । सन्धिखर्क क्वारेन्टाइनमा राखिएकाहरू सनपा ११ का १३ जना र १ नं वडाका २ जना रहेकाे नेकपा सन्धिखर्क नगर संयाेजक श्रीकृष्ण भुसालले बताउनु भयाे । बाँकि रहेका सबैलाई अाज सम्भव भए सम्म ब्यवस्थापन गरेर ल्याउने काममा लागिएको अध्यक्ष बालकृष्ण अाचार्यले बताउनु भयाे ।साथै यस कार्यमा भुमिका खेल्नुहुने ,सहयाेग प्रदान गर्नु हुने नेकपा, काँग्रेस, जनमाेर्चा लगाएतका राजनितीक दल, संघिय, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य लगायतका जन प्रतिनिधिहरू ,सुरक्षा निकाय ,सन्चारकर्मी स्थानीयवासी लगाएत सबैलाई अध्यक्ष बालकृष्ण अाचार्यले अाभार तथा धन्यबाद ब्यक्त गर्नु भएको छ ।साे काे अवस्था जानकारि लिन र सहयाेग पुर्याउनकाे निम्ति अाजै जिल्लाबाट सुरक्षा निकाय प्रमुख र डाक्टरहरूकाे टाेली खन दह पुगेर फर्किएकाे प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले बताउनु भएकाे छ ।
सुनाैलीबाट फर्किएका सबै अब १४ दिन पालिकाकाे क्वारेन्टाइनमा बसेर पि. सि. अार विधिबाट स्वाव परिक्षण गरि सकेपछि मात्र घर जाने बताईएकाे छ ।
१ महिना देखि सुनाैलीमा रहेका अर्घाखाँचीका १३० जना घर फर्किदै
१ महिना देखि सुनाैलीमा रहेका अर्घाखाँचीका १३० जना घर फर्किदै
![](https://kamanadaily.com/wp-content/uploads/2020/04/inbound158581043920600483.jpg)
Advertisement
तपाईको प्रतिक्रिया