रेशम अधिकारी, सुनवल। पश्चिम नवलपरासी सुनवल नगरपालिक वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।
पाल्पा तान्सेन सीमेन्टको सहयोगमा व्यकटेरियाबाट हुने विभिन्न रोगबाट बच्नका लागी वडाभरी बिषाधि औषधी छर्ने कार्य गरिएको हो । कारखानाले आफ्नो वडालाई सुरक्षित बनाउन टोल बस्तीम रहेका नाला तथा फोहर हुने ठाँउमा बिषाधी छरेको हो ।वडामा व्यकटेरिया र लामखुट्टेबाट हुने विभिन्न रोग जस्तै ज्वरो आउनु, रुघ खोकी लाग्नु, पनेउमोनीय,सिफलिस,डें चिकनगोनिया,फाइलेरिया, टाइफाइ जस्ता रोगलाई नियन्त्रण गर्नका बिषादी छर्ने कार्य गरेको वडाअध्यक्ष वसन्त राज दाहाल जानकारी दिनुभएको छ ।
लकडाउनको आज एक महिना पुरा भएको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड १९ ) अर्थात कोरोना भाइरसबाट बच्नको लागि सरकार लगाएको लकडाउनको सबैले पालना गर्न उहाको वार्डवासीमा अनुरोध छ ।
Advertisement