राम बहादुर बिश्वकर्मा,प्युठान ।प्युठानमा रगतको कमी हुन नदिन रक्तसंचार सेवाकेन्द्रले अभियान सुरु गरेको छ। ‘रगत अभाबको उच्च सम्भावना, जसको समाधान पनी हामी आफैले गर्नुछ’ भन्दै रगत अभाबको उच्च सम्भावनालाई मध्यनजर गर्दै नागरिक सरोकार समाजले रगत अभाब नहोस् भन्ने उदेश्यले इच्छुक दाताले नाम, सम्पर्क नम्बर र ठाउँबारे जानकारी गराउन आग्रह गरेको छ ।कोभिड–१९ को संक्रमण रोक्न ११ चैतदेखिको लकडाउनले देशको जनजीवन पूरै ठप्प छ । अस्पतालमा शिशु जन्माउन लागेकी आमा र दीर्घरोगीलाई निरन्तर रगत आवश्यक परिरहन्छ । लकडाउन सुरु भएपछि नै ब्लड बैंकमा रगतको कमी हुँदै गएको समाचार आइरहेको समयमा नागरिक सरोकार केन्द्रले यस्तो अभियान अगाडी बढाएको केन्द्रका अध्यक्ष सुमन सुबेदिले बताए ।
Advertisement