ओमप्रकाश गुप्ता,लमही। लमही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा टोपेन्द्रबहादुर केसी अाएका छन् । उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अाएका हुन् । यस अघिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको कृष्णनगर नगरपालिकामा सरूवा भएको छ । नयाँ अाएका प्रमुख प्रशासकीय अधिकृतले बुधबारबाट अाफ्नो जिम्मेवारी सम्हालेका छन् ।यसै बिच मंगलवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देबका बेल्वासे, सबै वडाध्यक्षहरू तथा नगरपालिकाका कर्मचारहिरुले टिका लगाइ प्रमुख प्रशासकीय अधिकृत केसीलाई स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले सेवा ग्राहीहरुलाई मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गर्दै लमही नगरपालिकालाइ समृद्ध नगरपालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताए । त्यस्तै भर्खरै सरूवा भई अाएका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्ने बताउँदै, कर्मचारी र जनप्रतिनिधिहरु बीच नंग र मासुको जस्तै सम्बन्ध राखि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिहरू संग समन्वय गरि नगरपालिका र नगराबासीका हितमा कुनै कसर नराखेर काम गर्ने बताएका छन् ।
लमही नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा केसी
लमही नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा केसी

Advertisement
तपाईको प्रतिक्रिया