• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ५. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. ६५ वर्षमा एसईई उत्तीर्ण

बन्दाबन्दीमा नगरबासीलाई साथ दियो रेसुङ्गा नगरपालिकाले


  •   सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
  • पुर्ण बिश्वकर्मा,गुल्मी।कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा न्युनिकरण गर्ने उद्देश्यले सरकारले गत चैत्र ‍११ देखि गरेको बन्दाबन्दी(लकडाउन) को कारण सिर्जना भएको विषम परिस्थितीलाइ ख्याल गर्दै गुल्मीको रेसुङ्गा नगरपालिकाले न्युनआयस्रोत भएका विपन्न घर-परिवारलाइ राहत-सामग्री वितरण गरेको छ। कोरोना भाइरस(कोभिड-१९) को कारण विश्व लगायत छिमेकी मुलुकहरुमा संक्रमितको संख्या बढेसँगै सरकारले गरेको लकडाउनले नगरभित्र ज्यालामजदुरी गर्ने विपन्न परिवारलाइ असहज हुने भएपछि गत चैत्र २० गते नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा ११ सदस्यीय नगरस्तरीय RRT(Rapid Response Team) द्रुत प्रतिकार्य समुह गठन गरी पहिलो चरणको राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो ।१४ वटा वडाहरु रहेको रेसुङ्गा नगरपालिकामा विपन्न घरधुरीको लगत संकलन गरी राहत वितरण कार्यलाइ अघि बढाइएको हो । जसमध्ये रे.न.पा.- १ मा ५९, रे.न.पा.-२ मा १०३, रे.न.पा.-३ मा १०९, रे.न.पा.-४ मा १०२, रे.न.पा.-५ मा ९३, रे.न.पा.- ६ मा १३८, रे.न.पा.- ७ मा ७६, रे.न.पा.- ८ मा १५९ , रे.न.पा.- ९ मा १११, रे.न.पा.- १० मा १३८, रे.न.पा.-११ मा ७५, रे.न.पा.- १२ मा १३८, रे.न.पा.- १३ मा ६५ र रे.न.पा.- १४ मा १२५ गरी १४९१ विपन्न घर-परिवार र ५६६३ जना लाभान्वित भएका छन्।प्रतिब्यक्ती ५ कि.लो. चामल,दाल,नुन,तेल लगायतका खाद्य सामग्री राहतको रूपमा बाँडिएको हो। नगरप्रमुख डिल्लीराज भुसाल,प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लगायतको टोली रेसुङ्गा नगरपालिकाका विभिन्न वडा तथा टोलटोलमा पुगेर सामाजिक दुरी कायम गर्न लगाइ राहत बितरण गरिएको थियो।रेसुङ्गा नगरपालिकाले जिल्लामै पहिलो पटक फागुन ३० गते गुल्मी र अर्घाखाँचीको सिमानामा पर्ने नेटा बजारमा,शसस्त्र प्रहरीसँगको समन्वयमा तम्घास देउरालीमा र नगरपालिकाको आफ्नै भवनमा गरी ३ स्थानमा हेल्थ डेस्क संचालनमा ल्याएर कार्य प्रारम्भ गरेको हो । रे.न.पा.- ९ उपल्लो तम्घासमा २० शैयाको आइसोलेसन वार्ड स्थापना गरी ७ जना स्वास्थ्यकर्मीलाइ गत चैत्र १३ गतेबाट निरन्तर रुपमा परिचालन गरेको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताउनु भयो, उक्त आइसोलेसन वार्डबाट ५ औं दिनमा निको भइ एक जना बिरामी घर समेत फर्केको जानकारी गराउनुभयो । त्यस्तै रेसुङ्गा नगरपालिकाका विभिन्न वडाहरूमा गरी १५६ वटा क्वारेन्टाइन वार्डको समेत स्थापना भएको जसमा सुरुमा अन्यत्र जिल्ला तथा स्थानिय तहका गरी २३ जना लाइ राखी पछि सम्बन्धित जिल्ला तथा स्थानिय तहलाइ हस्तान्तरण गरिएको र पछि पुनः १४ जनालाइ क्वारेन्टाइनमा राखी आ-आफ्नो स्थानीय तहलाइ बुझाइएको पनि उहाले बताउनु भयो ।कोरोना भाइरस(कोभिड-१९) को कारण भविश्यमा पर्न सक्ने सम्भावित महामारी तथा जोखिम नियन्त्रण गर्न भन्दै रेसुनङ्गा नगरपालिकामा करिब ६५ लाख बराबरको विपद ब्यबस्थापन कोषको स्थापना भएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो। उक्त राहत कोषको राष्ट्रिय बाणिज्य बैंकको खाता नं.३०१०३०५०४९४०२ मा सक्दो रकम जम्मा गरी सहयोग गरिदिन उद्योगी, ब्यापारी, नागरिक समाज, सहकारी, आमा समुह, युवा क्लव,बैंक तथा वित्तीय संस्था लगायत सम्पूर्णमा अनुरोध समेत गर्नुभयो । त्यस्तै रेसुङ्गा नगरपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारीबाट तपशिल बमोजिमको रकम राहत कोषमा संकलन गरिने उहाँले बताउनु भयो ।
    जनप्रतिनिधी तर्फ
    १) नगरप्रमुख – रू,४०,०००/-
    २) उपप्रमुख – रू,३०,०००/-
    ३) वडा अध्यक्ष – रू,२०,०००/-
    ४) कार्यपालिका सदस्य – रू,१२,०००/-
    ५) वडा सदस्य – रू, ८०००/-
    कर्मचारी तर्फ
    १) उपसचिव वा सो सरह – रू ७ दिन बराबरको तलब
    २) शाखा अधिकृत – रू५ दिन बराबरको तलब
    ३) नायब सुब्बा – रू४ दिन बराबरको तलब
    ४) खरिदार – रू ४ दिन बराबरको तलब
    ५) श्रेणी विहिन रू २ दिन बराबरको तलब
    ६) सम्पूर्ण शिक्षकहरू रू ३ दिन बराबरको तलब

    Advertisement

    नगरप्रमुख डिल्लीराज भुसाल, प्रमुख प्रशासकिय अधिs[त भक्तिराम मरासिनी, स्वास्थ्य शाखा प्रमुख बोम अर्याल लगायत सुरक्षा निकायका प्रतिनिधी (जनपद प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना) को संलग्नतामा चैत्र २७ गते नगरपालिका स्तरिय Crisis Management Center को समेत गठन गरिएको छ जसले कोरोनाबाट आइपर्ने बिपत्तिलाइ नियन्त्रण गर्न भुमिका खेल्नेछ।यसका अतिरिक्त नगरपालिकाले दैनिक रुपमा नगरपालिका भित्रका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सम्बन्धी रिपोर्ट लिने गरेको छ। २४ सै घण्टा स्वास्थ्यकर्मीलाइ Stand by राखिएको र आवश्यक पर्दा विपद परेका स्थानहरुमा पठाउन सक्ने गरी ब्याबस्था मिलाएको छ । त्यस्तै स्वास्थ्यकर्मीलाइ आवश्यक पर्ने सुरक्षा कवज(PPE),मास्क,सेनिटाइजर लगायत अन्य सामग्रीको पनि उचित व्यबस्थापन गरिएको छ।नगरप्रमुख भुसालका अनुसार लकडाउनको समयमा किसानको करेसाबारीमा कुहिएर जान सक्ने तरकारीलाइ किसानकै करेसाबारीमा पुगेर खरिद गरि अति आवश्यक स्थानहरुमा बितरण गरिएको र केहि हाल सम्म पनि स्टक रहेको जानकारी गराउनु भयो, कुनै पनि नगरबासीलाइ लकडाउनको समयमा समस्या नपर्ने गरि सम्पूर्ण स्वास्थ्य लगायत अन्य ब्यबस्था मिलाइएको पनि उहाँ थप्नुभयो। सुरवात देखि नै कोरोना बाट जोगिन स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा प्रचारप्रसार गर्दै आएको रेसुङ्गा नगरपालिकाले आगामी बैशाखको पहिलो सातामा नगरभित्रका विपन्न परिवारलाई दोश्रो चरणको राहत बितरण गर्ने योजना रहेको पनि उहाले बताउनु भयो ।

    सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation