बागलुङ।चट्याङ लागेर बागलुङमा एकजनाको ज्यान गएको छ।जिल्लाको बागलुङ नगरपालिका १३ गलुवाका २६ वर्षीय संकर रिजालको चट्याङ लागेर ज्यान गएको हो। उनि शनिबार दिउसो ४ बजे तिर घरमै बसिरहेको बेला चट्याङले लागेको थियो ।जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
Advertisement