काठमाडौँ । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन ।सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले बितरण गरिने जानकारी दिनुभयो। उहाँले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमीलाई धन्यवाद दिनुभयो।कम्पनीका प्रोपाइटार समेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको बताउनुभयो। औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो । सेनिटाइजर करिव एक करोड रुपियाँ बरावरको रहेको छ ।
१० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण
१० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण

Advertisement
तपाईको प्रतिक्रिया