राम बहादुर बिश्वकर्मा,प्युठान ।प्युठान नगरपालिका ४ जुम्री घर भएका यज्ञ बहादुर के सि प्रभातले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि लकडाउन समय सम्म कुनै पनि भाडा नलिने घोषणा गरेका छन् ।उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् ।उनले लेखेका छन कोरोना भाइरस (कोभिड–१९) को जोखिमसँगै सरकारले जारी गरेेेेको लकडाउनकोअबस्थामा रहेकाले यो समयभरि हाम्रो घरभाडा लिई ब्यबसायी गरि बस्नुभएका मित्रहरुसगं भाडा नलिने जानकारि गराछु।चैत २५ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको बेला उनको यो घोषणा भाइरल भएको छ ।कोराना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएको बेला उद्योग बाणिज्य संघ प्युठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका के सि ले यस्तो संकटको घडिमा ब्यबसायी सङ घरघाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्धाव देखाएको भन्दै उनको चौतर्फी प्रसंशा भइरहेको छ ।उनले भनेका छन्,‘मैले आफनो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने वित्तिकै साथिहरुले सेयर गरेर भाइरल बनाइदिनुुभयो, क्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कर्तव्य हो, त्यसैले मेरो घरमा भाडा बसिरहनुुभएका व्यक्तिहरुलाई भाडा नलिने घोषणा गरेको हुँ ।’ उहाँको घरबाट व्यावसायिक प्रयोजनका लागि ४ वटा सटर ब्यबसायिलाई भाडामा दिएका छ्न।
प्युठानका यी घरबेटी, जस्ले गरे घरभाडा नलिने घोषणा
प्युठानका यी घरबेटी, जस्ले गरे घरभाडा नलिने घोषणा

Advertisement
तपाईको प्रतिक्रिया