राम बहादुर बिश्वकर्मा,प्युठान।नौबहिनी गाउँपालिका ६ स्युरिकाटेका बासिहरुले लकडाउनका अवधिभर स्युरिकाटे गाउँमा अन्यत्रबाट प्रवेश गर्न खोज्ने मानिसहरुलाई निषेध गरिएको छ।विस्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस बिरुद्द नेपाल सरकारले जारी गरेको लकडाउनलाइ अझ ब्यबस्थित गर्नलाई यस बस्तिका स्थानीयको सक्रियतामा सुचना जारी गरि प्रवेश गर्न रोक लगाएका हुन । स्थानीय बुद्धिजिबि टिकाराम रिजालले कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक रहेको बताए।सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ ।
सहि सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएको उनको भनाई छ ।’ रिजालले पालिकाले सबै वडामा अब जनचेतना मुलुक अभियान सञ्चालन गर्नुपर्ने बताए।गाउकै मानिसहरु पनि अत्यावश्यक बाहेक अन्य कामका लागि गाउँ बाहिर निस्कन रोक लगाएका छ्न ।उक्त क्षेत्रमा बाहिरी व्यक्तिहरुलाई आवागमन पूर्णत बन्द गरिएको जनाएको छ
प्युठान: गाउँ पस्न रोक
प्युठान: गाउँ पस्न रोक

Advertisement
तपाईको प्रतिक्रिया