अर्घाखाँची ।जिल्लामा बँदेलको आक्रमणबाट ३ जना घाईते भएका छन् । घरमै बसिरहेका बेला उनिहरुलाई बदेंलले आक्रमण गरेक । जिल्लाको सन्धिखर्क नगरपालिका १० रुब्दीमा बँदेलले आक्रमण गर्दा ६५ वर्षिय चुमा भुसाल, ३२ वर्षिय बोम बहादुर घर्ती र ३८ वर्षिय कल्लु चौधरी घाईते भएका हुन। घर्ती र भुसाललाई सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ। चौधरी भने सामान्य घाईते रहेकाले उनको अर्घाखाँची अस्पतालमै उपचार भईरहेको अस्पताल प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । नजिकै रहेको जंगलबाट आएको बँदेलले घरमै बसेका उनीहरुलाई आक्रमण गरेको थियो । आक्रमणको प्रतिकार गर्दा स्थानीयले धारिलो हतियार प्रयोग गर्दा करिब ४५केजीको भाले बँदेलको मृत्यु भएको हो।मरेको बँदेललाई जिल्ला बन कार्यालय परिसरमा गाडिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव शर्माले जानकारी दिए।
बँदेलको आक्रमणबाट अर्घाखाँचीमा तिन घाईते
बँदेलको आक्रमणबाट अर्घाखाँचीमा तिन घाईते

Advertisement
तपाईको प्रतिक्रिया