शम्सेर बिक्रम जिसी,प्यूठान।नौबहिनी गाउपालीकाले दैनिक ज्यालादारीमा कामन गर्ने र बिपन्न परिवारका लागी खाद्यान्न सहयोग गर्ने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिदै गएको नोबेल कोरोना भाइरसका कारण पाच दिनदेखी देश लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारका लागी समस्या भएको भन्दै विपन्न परिवारक लागी परिवारका आधारमा २५ किलोग्राम देखी ५० किलोग्रामसम्म चामल, पाच किलो दाल लगाएत खाद्यान्न उपलब्ध गराउने निर्णय भएको गाउपालीकाका अध्यक्ष शिवराज रिजालले जानकारि दिनुभयो । गाउपालीकाका सवै वडामा लागुहुनेगरी पहिलो चरणमा २ सय क्वीन्टल चामल र २० क्वीन्टल दाल उपलब्ध गराउने निर्णय भएको छ । अहिले गाउपालीकाका विपन्न परिवारको छनोटको काम भइरहेको छ ।
Advertisement