• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, चैत १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • ३. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ६. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ७. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ८. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ९. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

कार्यकारीको कर्तुत पर्दाफास्, सरुवा नभए आन्दोलन चर्काईने ।


  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ्ग।दाङ्गको लमही नगरपालिकामा चर्किएको कर्मचारी बिवाद अझै साम्य भएको छैन।नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुबिच सहमती जुटेपनि कार्यान्वयनमा नअाउँदा बिवादले निकास नपाएको हो।प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले मातहतका ३ जना कर्मचारीलाई कारबाही स्वरुप सरुवा सहमती र जागीर बर्खास्त गरेपछी अधिकृतकै कर्तुत बाहिर अाएको हो । नगर अन्तर्गतका वडाध्यक्ष तथा अन्य कार्यपालिका सदस्यहरुले गल्ती गर्ने कर्मचारीहरुलाई कारबाही सँगै कार्यकारीकै सरुवाको लागि माग गरिरहेका छन् । सरुवाको लागि नगरप्रमुख कुलबहादुर केसीसँग विभिन्न चरणमा छलफल भएपनी कार्यकारीको सरुवा भने हुन सकेको छैन । विभिन्न बहानामा प्रमुख केसीले कार्यकारीको सरुवा रोक्ने सड्यन्त्र रचेको भन्दै तत्काल सरुवा नभए कडा भन्दा कडा कदम चाल्न जनप्रतिनिधिहरु बाध्य हुने वडाध्यक्षहरुको चेतावनि छ ।  छलफलका क्रममा मेयर केसीले सरुवाको लागी सहमती जनाएपनी अहिले विभिन्न बहानामा अटेरी गरिरहेको वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । “छलफलमा मेयर सापले सरुवा गर्ने भनेर सहमती जनाउनु भयो, फेरि अहिले विभिन्न बहानामा अटेर गरिरहनु भएको छ वडाध्यक्ष चौधरीले भने-सबै असन्तुष्ट भए काम कसरी हुन्छ यो कुरा जिम्वेवार पक्षले बुझ्न जरुरी छ ।” कार्यकारी डाँगीले गैर कानुनी ढँगले विधि र पद्दती बिपरित कार्य गर्दै अाएको र जसले गर्दा नगरबासीले समस्या झेल्नु परेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । बुधबार लमहीमा पत्रकार सम्मेलन मार्फत उनिहरुले कार्यकारी डाँगीबाट हाल सम्म भएका ज्यादतीका नमुना हरु प्रमाण सहित सार्बजनिक समेत गरेका छन् । कार्यकारी डाँगी लमहीमा हाजिर भएदेखी अाफ्नो काम कर्तब्य र अधिकारको दुरुपयोग गरि मातहतका कर्मचारी र अाम नगरबासीहरुलाई मनोबैज्ञानिक त्रास श्रृजना गर्ने, दैनिक कार्य सम्पादनमा विभिन्न नीति नियम हरु लादेर जनतालाई अाजित बनाउने कार्य सधै हुने गरेको उनिहरुको अारोप छ । मन्त्रालयबाट कार्यकारीको सरुवाको टिप्पनी उठ्दा समेत विभिन्न चलखेल गरि नगरप्रमुख केसीले पटक पटक सरुवा रोकेको अाम नगरबासी हरुलाई बिज्ञप्ती मार्फत जानकारी दिईएको छ । कार्यकारीले गर्ने अन्याय, अत्याचार, विभेद र असमानताले कर्मचारी हरु अाजित हुनुको साथै काम प्रतीको उत्साह दिन प्रतिदिन कमजोर बन्दै गएका कारण नगरपालिका प्रती वितृष्ण उत्पन्न तथा अपमानबोध महसुस गरेको बिज्ञप्तीमा उल्लेख छ । जसले गर्दा वडा स्तर देखि नगरपालिकाको काम अस्तब्यस्त देख्न सकिन्छ । बिज्ञप्तीमा कार्यकारी डाँगीका मनोमानी तथा कर्तुत हरु बुँदागत रुपमा उल्लेख गरिएको छ । अाफुलाई मन लागे नियम बिपरित काम गरेको छर्लङ्ग भएको छ । कार्यपालिकाको निर्णय बिना कार्यकारीले अाफुखुसी रामशँकर चौधरीलाई करारमा नियुक्त गरेको गत्तिलो उदाहरण हो । कर्मचारी भित्र्याउँदा र निस्कासन गर्दा कार्यपालिका बैठकले पास गर्नुपर्ने कार्यबिधिमा स्पष्ट छ । घुम्टी मिल दर्ता गर्न लमही नगरको नियम भित्र प्रदैन तर कार्यकारी डाँगीले अाफुखुसी घुम्टी मिल दर्ता गरि प्रमाण पत्र समेत दिईसकेको रहस्य बाहिर अाएको हो । बसन्तपुर खानेपानी र नर्ती खेल मैदानको डिपिअार भईसकेको कागज पत्र कार्यालय बाटै गायप छ । कार्यकारी प्रमुख भएको हैसियतले यसको सम्पुर्ण जिम्बेवारी कार्यकारीले नै लिनुपर्ने वडाध्यक्षहरु बताउँछन्।कागजपत्र हराएको हो या लुकाईएको हो त्यो अनुसन्धानको बिषय रहन्छ । कार्यकारीले मातहतकै कर्मचारीबाट उपहार स्वरुप नगद समेत लिएको नाम नबताउने सर्तमा एक कर्मचारीले जानकारी दिए।कार्यपालिकाको अनुमती नअाउँदै नगर प्रोफाईल निर्माणको रकम भुक्तानी गरेको, ७ लाखमा सम्पन्न हुने काम १७ लाखमा टेण्डर गरेको, कृषकले पाउने अनुदान नियतबस फ्रिज गरेको, नियम बिपरित मातहतका कर्मचारी खटाएको, सुत्केरी भत्ता पाउन अनाबस्यक झन्झटिलो बनाएको, शिक्षक अनुदान स्वरुप स्वीकृत ९० लाख रुपैया जानी जानी फ्रिज गराएको लगायतका यावत बिषयमा कार्यकारी डाँगीको कमी कमजोरी रहेको बिज्ञप्तीमा उल्लेख छ । साथै नगर सभाबाट नगर प्रहरी राख्ने भनी छुट्याईएको रकमलाई निर्णय बिना नगर सेक्युरिटी राख्नमा रकमान्तर गरेको रहस्य पनि बाहिर अाएको हो।देउखुरीको एक मात्र अस्पताल लमही अस्पताललाई तहस नहस गराउने र त्यहाँ कार्यरत डाक्टर तथा कर्मचारीलाई अातंकित बनाएको पनि उनलाई अारोप लागेको छ।तिनै कार्यकारीको सरुवाको माग गर्दै यो भन्दा अघि लमही नगरपालिकाको मुल गेटमै तालाबन्दी गरिएको थियो । नगर अन्तर्गतका कर्मचारी हरुले हातमा कालो पट्टि सँगै २ दिन पेन डाउन समेत गरेका थिए।तरपनी लमही नगरका मेयर कुलबहादुर केसी र उपमेयर देवका बेलबासेका कारण विभिन्न बहानामा कार्यकारी अझै रोकिएका छन्। कार्यकारीको सरुवा रोक्नुपर्ने मनस्थितिमा मेयर, उपमेयर र ५ नम्वरका वडाध्यक्ष देखिएका छन् । यता ८ जना वडाध्यक्ष, कार्यपालिका अन्य सदस्य हरु र कार्यरत कर्मचारी भने उनको सरुवाको माग गर्दै अाईरहेका छन्। कार्यकारी डाँगीले समय सकिएपछी अाएको टेण्डर फार्मलाई पनि दर्ता गर्न लगाउँदा बिवाद चर्किएको हो। दर्ताका लागि अाफु स्वयम् कार्यालयमै हुँदा पनि तल्लो कर्मचारीलाई तोक लगाउन अादेश दिएका थिए।सरसर्ती हेर्दा कार्यकारी अाफु जोगिने र अन्य कर्मचारीलाई फसाउन षड्यन्त्र रचिएको स्पष्ट हुन्छ।त्यसैको परिणाम स्वरुप अधिकृत स्तर नवौँ तहका रबिन्द्र क्षत्री, सातौँ तहका लेखा अधिकृत गौरब कुमार लामिछाने र पाँचौ तहका पुष्पराज अधिकारी कार्यकारीको कारबाहीमा परेका हुन् । तिनै कर्मचारीको निश्पक्ष छानबिनको लागि सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली लमही अाएको थियो। छानबिन गरि फर्किएको टोलीले अहिले सम्म पनि स्पष्ट प्रतिबेदन भने पठाएको छैन । छानबिन टोलीले लेखा अधिकृत र कार्यकारीको तालमेल नमिल्दा बिवाद चर्किएको निष्कर्ष सुनाएको एक वडाध्यक्षले बताए।यस बिषयमा लमही नगरपालिकाका प्रमुख केसीसँग बुझ्न खोज्दा उनी पन्छिए।पत्रकार सम्मेलनमा ४० जना कार्यपालिका सदस्यहरुको उपस्थिति थियो।

    Advertisement

    बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ६.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    भर्खरै

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ५.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ६.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ७.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ८.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...