ओमप्रकाश गुप्ता,भालुवाङ । दाङको देउखुरीमा मोटरसाइकललाई माइक्रो बसले ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका १ पाखापानीमा बिहीबार दिउँसो १:४० बजेको समयमा लमही देखि भालुवाङ जाँदै गरेको रा १ ख ६०० नम्बरको माइक्रो बसले सोही दिशा तर्फ जाँदै गरेको रा ३ ख ९००५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदाँ मोटरसाइकल पछाडि बसेका तुलसीपुर उपमहानगरपालिका १० बस्ने वर्ष २७ का अर्जुन केसीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । भने मोटरसाइकल चालक दंगीशरण गाउँपालिका ५ बस्ने वर्ष २७ का पवन चाैधरीलाई भने सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । गम्भीर घाइते केसीलाई भालुवाङमा सामान्य उपचार पछि बुटवल पठाइएको थियो । तर उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक शवलाई पोष्टमार्टमका लागि बुटवल प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङले अाफ्नो नियन्त्रणमा लिएको छ ।
माइक्रोको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु
माइक्रोको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया