रोल्पा । जिल्लाको थबाङ गाउँपालिका वडा नंबर ३ स्थित मिरुलको रापा जङ्गगलमा दुई बोरा सकेट बम बेवारिसे अबस्थामा फेला परेको छ। बुधवार विहान करिव १० बजे तिर स्थानियले घाँस काट्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए।सुचना पाएलगतै प्रहरी चौकी मिरुल राना गाउँबाट बम भेटिएको स्थानमा खटिएको प्रहरी टोलीले दुई बोरा बम फेला पारेको प्रहरी हवल्दार डम्बर बहादुर चलाउनेले जानकारी दिनुभयो। उहाका अनुसार थबाङ ३ मिरुलको वडा कार्यलयबाट करिव ५० मिटर नजिकको दुरीमा बम फेला परेको हो। बम राखिएको बोराहरु कुहिएको अवस्थामा छन भने बम कस्ले र किन राखिएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरी हवल्दार चलाउनेले बताउनु भयो।सकेट बम डिस्पोजको लागि नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थल आउदै छ।
Advertisement