• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

‘बुलबुले मुल’ पुग्दा पत्रकारको मन भयो चुलबुल


  •   बुधबार, फागुन २८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। सधैँ नया कुरा खोज्ने चटारो अनि त्यसै माथी गन्तव्य पुग्न हतारो उस्तै। बिहानै उठ्यो हातमा कपि र कलम अनि क्यामेरा बोक्यो अनि घरबाट पाइला चाल्यो। प्राय जसो कार्यालयहरु र आयोजकले पत्रकारलाई निम्ताउछन।त्यहा पनि पुग्नै पर्यो। धेरै जसो मोफसलमा काम गर्ने पत्रकारको दैनिकी यस्तै हुन्छ। यस्तै ब्यस्त दैनिकीका बिच यसै साता पत्रकारको जम्बो टोलि मरन्ठानाको बाइसधारा बुलबुले मुल पुग्यो।त्यहा उनिहरुले दिनभर रमाईलो गरे।गीत गाए र नाचे।प्युठानका पत्रकारहरु पर्यटकीय थलो प्युठानको बाइसधारा मुलका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिए।त्यहा पुगेका अधिकाशं पत्रकारले संभावना बोकेको पर्यटकीय गन्तवय बाईसधाराको विकास हुन नसकेकोमा चिन्ता ब्याक्त गरे।“जिन्दगी सधै हतार र बेफुसर्दिलो, होलि पर्व सधैँ आए पनि रमाइलो गर्न खासै मेसो मिल्थेन।’ पत्रकार महासघका ५ नम्बर प्रदेशकि उपाध्यक्ष दिपा पौडेलले भनिन्,’यसपालि होलि पर्बको मेसो मिलाएर रमाइलो गर्न पाँउदा बेग्लै आनन्द मिल्यो।’  सम्भाबना बोकेको यस क्षेत्रको ब्यबस्थापनका लागि सरोकारवालाको ध्यान पुग्न आबश्यक रहेको उनको भनाई छ।सोमबार बुलबुलेमा सम्पन्न होलिको अबसरमा आयोजित बनभोज रमाइलो तरिकाले मनाईएको नेपाल पत्रकार महासघका उपाध्यक्ष एल बि थापाले बताए । “बाइसधारा बुलबुलेको अबलोकन सामाजिक सरोकारमा उपलब्धिपुर्ण र व्यक्तिगत मनोरञ्जन दुवैका हिसाबले उत्कृष्ट रहेको उनले तर्क गरे। ‘बनभोज कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भयो’ । उपाध्यक्ष थापा भन्छन,’श्रीमती र छोराछोरीका साथ सुन्दर बाइसधाराको घुमाइ ऐतिहासिक बन्यो’ थापा भन्छन- “बुलबुले मुलमा हिमालको दृश्य देख्न पाउनुको आनन्द, पाखाचितिको डाडाबाट धर्मावती, बाग्दुला नियाल्नुको मजाले मनलाई आनन्दित बनायो।” समयको अभावमा यस स्थानका अनुपम दृश्यलाई आँखामा कैद गर्न बाँकी छ ।प्रेस सेन्टर प्युठानका अध्यक्ष नोमराज पौडेल पनि बुलबुलेको आतिथ्यताले निकै लोभ्याएको बताउँछन् । “सुन्दर ठाउँ बुलबुलेको आतिथ्यताले धेरै आनन्द र फरक अनुभुती पाएँ”-“ बुलबुले बाइसधाराको भ्रमण ऐतिहासिक रह्यो नै घुमघाम पनि अविस्मरणीय रहेको उनको भनाई छ । छोटो समयमा पनि त्यस स्थानमा बाईस धारा,झरना, ग्रामीण जलविद्युत लगायतका स्थानको अवलोकनले बेग्लै अनुभूति सङ्गालेर फर्किएको उनको अनुभव छ। यो सँगै यतिबेला यस क्षेत्रको दृश्य सामाजिक सञ्जालभरि बुलबुले बाइसधाराका तस्वीर र युटुबमा भिडियो छाइरहेका छन् । स्थानीय एवं बागेश्वरी बहुउद्देश्यीय सहकारी सस्थाकी ब्यबस्थापक हिमा जि सि ले कृतिम तरिकाले सिङगारिएका सामाग्री तथा दृश्य अबलोकन गर्न रुचाउने तर मनलाई आनन्द प्रदान गराउने यस्ता रमणीय प्राकृतिक दृश्य अवलोकनकर्ताको चासो नहुनु र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेको बताउँछिन। जिल्लाका क्रियाशिल पत्रकारलाई आतिथ्यता प्रदान गर्न पाउँदा खुशी लागेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई चासो जगाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन। प्रशस्त प्राकृतिक सम्पदा पर्यटन क्षेत्र रहेको प्युठान नगरपालिका ९ मरन्ठानामै रहेकाले पर्यटन क्षेत्रको विकास हुनुपर्ने सरोकारवालाहरु बताउँछन्। पर्यटक लोभ्याउने सक्ने यहाका डाँडाकाँडाले घेरिएको सुन्दरता । वरिपरी वन जङ्गलको साथ चराचुरुङ्गीको आवाज ,पहाडको टुप्पो , केही सानो वस्ती वरिपरि कमला सुन्तलाको बगैंचा मनोरम दृष्यावलोकन गर्न सकिने प्युठान नगरपालिका वडा न ९ मरन्ठाना पाखाचितीमा रहेको बुलबुले मुल पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ ।पुर्वमा प्युठानको मल्लरानी गाउँपालिका, उत्तरमा झिमरुक गाउँपालिका र पश्चिमको प्युठान नगरपालिका को सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र बाइसधारा बुलबुले मुल विभिन्न फलफुल, कृषि उत्पादन तथा धार्मिक हिसाबले महत्वपूर्ण छ । समुद्री सतहदेखि झण्डै ३ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल बुलबुले आसपासको क्षेत्रबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् , निकै आकर्षक, मनमोहक र सुन्दर दृश्य देखिने बार्है महिना अविरल रुपमा बुलबुल गर्दै हिउँदमा तातो र गर्मी याममा चिसो निस्कने पानी २२ धाराबाट झरेको पानी पर्यटकीय गन्तव्य बनाउन जरुरी देखिन्छ।पर्यटकीयस्थल बाइसधारा बुलबुलेबाट धौलागिरि, अन्नपूर्ण,मरेङ्गमा रहेको स्याउ बगैचा , मरेङ्गको राजागुफा,सुन्तला कमला ,बुढिदेबी मन्दिर, शिबालय मन्दिर लगायत मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ । पर्यटकीय क्षेत्र आफैमा सुन्दर क्षेत्र त छँदैछ त्यसमा पनि चिसोपानीमा बारै महिना स्थानीय माछापालनका लागि बनाइएका पोखरामा माछा लरिबुरी गरेको देख्दा झन् सुन्दरता थपेको छ ।

    Advertisement

    बुधबार, फागुन २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation