ओमप्रकाश गुप्ता,सिसहनियाँ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज र भोली गरेको नेपाल बन्दको प्रभाव दाङ देउखुरीमा परेको छ।थारू बाहुल्य क्षेत्र भएका कारण पनि बन्दको प्रभाव परेको हो । बन्दका कारण दाङबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन देखि शैक्षिक संस्था, कलकारखाना, बजार सबै ठप्प रहेका छन् । भने देउखुरीका प्रमुख बजार लमही,सिसहनियाँ,भालुवाङ र गढवा बन्द रहेका छन् । देउखुरीमा छिटफुट वाहेक कुनै पनि सवारीका साधान चल्न सकेका छैनन् ।दाङमा बिहान काठ्माण्डौबाट आएका बसलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । जिल्लामा गन्तव्यतर्फ हिडेका यात्रु अलपत्र पर्ने अवस्था नआएको उनको भनाई छ ।
बन्दमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर गरी जिल्लामा सुरक्षाका लागि ठाँउ–ठाँउमा सुरक्षा परिचालन गरिएको प्रवक्ता खड्काले बनाए । गन्तव्यमा हिडेको यात्रु अलपत्र पर्ने अवस्थामा आउन नदिन तयारी रहेको उनको भनाई छ ।प्रहरीले स्कटीङ गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने जनाएको छ । बन्दको प्रभाव सबैभन्दा बढी दाङ सहित बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायतका जिल्लामा परेको छ ।
मोर्चाको केन्द्रिय संयोजन समितिले विभिन्न १४ बुँदे माग राख्दै सरकारको ध्यानआकर्षण र आन्दोलनको समेत घोषणा गरेको हो । मोर्चाले टीकापुर घटना सँग जोडिएको बिषयलाई प्रमुख बनाईट विभिन्न अभियोगमा थरुहट आन्दोलनमा भएका मुद्धालाई राजनितिक घटनाको रुपमा लिन सरकार सँग माग गरेको छ ।<br>
मोर्चाका महासचिब तुलसी थारुले जारी गरेको प्रेस बिज्ञप्तीमा आफुहरु निरन्तर आन्दोलनमा रहेको तर सरकारले सूनुवाई नगरेको भन्दै आन्दोलनलाई शसक्त बनाउने चेतावनी समेत दिएको छ । आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने अान्दोलन परिचालन समिति देउखुरीका संयोजक प्रकाश चाैधरीले जानकारी दिएका छन् ।
थरूहटको बन्दले दाङको जनजिवन प्रभावित
थरूहटको बन्दले दाङको जनजिवन प्रभावित
Advertisement
तपाईको प्रतिक्रिया