ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्रुको घटना स्थलमै मृत्यु भएको छ । सोमबार राती १०:५० बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीयामा सोही ठाउँ बस्ने वर्ष ४९ का लोकमणी पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन् । घटना भए लगत्तै प्रहरी त्यहाँ पुगेको थियोे । मृतकलाई अहिले लमही अस्पतालमा राखिएको छ । भने ठक्कर दिने गाडीको व्यापकरूपमा खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको थियो ।
Advertisement