ओमप्रकाश गुप्ता,सिसहनियाँ। दाङको राप्ती गाउँपालिकालाई फागुन १३ गते सडक मानवमुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम २ दिन पछि सरेको छ । विभिन्न प्राविधिक कारणले घोषणा कार्यक्रम २ दिन पछि सार्दै फागुन १५ गते घोषणा कार्यक्रम गर्ने निल सागर असाहाय,अशक्त जेष्ठ नागरिक सेवा केन्द्रका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । यसै बिच राप्ती गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल आउने कार्यक्रम तय भएको अध्यक्ष विष्टले जानकारी दिएका छन् । पिरीमा रहेको निलसागर असाहाय,अशक्त जेष्ठ नागरिक सेवा केन्द्रको समन्वयमा गाउँपालिका भित्रका ९ वटै वडालाई समेटेर विभिन्न जातजातीको झाँकी,बाजागाजा ,नाचगान सहित तामझामका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न लागिएको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् । घोषणा कार्यक्रमलाई सहभागीता मुलक बनाउने र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको प्रमुख विकले बताए । गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम गर्न थालिएको छ । दिउँसो १ बजे हुने घोषणा कार्यक्रममा सहभागि भइदिन सम्पुर्ण राप्ती गाउँपालिकाबासीहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।
सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न मन्त्री बराल आउने
सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न मन्त्री बराल आउने

Advertisement
तपाईको प्रतिक्रिया