• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जवरजस्ती बालबिबाह गराईदिने पक्राउ


  •   बुधबार, माघ २९, २०७६ मा प्रकाशित
  • मुगु समचारदाता। मुगुकी १५ बर्षीया एक बालिकालाई जबर्जस्ती विवाह गराउने प्रयासमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणकै शैलीमा गाउँबाट उठाएर मुगुकी ती किशोरीलाई हुम्ला र्पुयाएपछि त्यहाँबाट भागेकी किशोरीले माइतीमा समेत सुरक्षा पाउन नसकेको घटना सार्वजनिक भएको हो। आफ्नो १९ बर्षीय भतिजो श्रीलाल नेपालीका लागि भन्दै मुगु जिल्लाकी किशोरीलाई अपहरणको शैलीमा जबर्जस्ती नियन्त्रणमा लिएर गएका हुम्ला चंखेली गाउँपालिका वडा नं १ दार्माका सिंह बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। नेपालीले मुगुको सोरु गाउँपालिका ३ की एक किशोरीलाई आफ्नो भतिजोसँग जबर्जस्ती विवाह गराउने प्रयास गरेका थिए। यस्तो छ घटनाक्रम सगै पक्राउ परेका सिंहबहादुर नेपाली सहित १९ बर्षीय भतिजो श्रीलाल नेपाली, छिमेकीहरु कन्न नेपाली र कमल नेपाली गत पुस २० गते मुगुको सोरु गाउँपालिका ३ मा मेला हेर्न पुगेका थिए। मेला चलेकै रात उनीहरुले किशोरीलाई अपहरणको शैलीमा उठाएर केटाको गाउँ हुम्ला दार्मा र्पुयाएका थिए। हुम्ला र्पुयाइएकी ती किशोरीलाई तीन दिनसम्म केटाको काकाको घरमा राखेर चौथो दिन फेरि अर्का छिमेकीको घरमा राखे। सो घरमा दुई दिन राखेपछि ती किशोरीलाई फेरि केटा श्रीलाल नेपालीको घरमा लगिएको थियो। केटाले अस्वाभाविक क्रियाकलाप प्रयास गरेपछि ती किशोरी रातको समयमा भागेर हुम्ला जिल्लाकै जैरगाउँमा रहेकी आफ्नी दिदीको घरमा पुगेकी थिइन्। जबर्जस्ती उठाएर ल्याइएकी किशोरी घरबाट भागेपछि केटाका काकासहित चारैजना व्यक्तिहरु फेरि किशोरीलाई लिन जैरगाउँ नै पुगे। आफूलाई फेरि उठाउन आएको थाहा पाएपछि ती किशोरी त्यहाँबाट पनि भागेर रातारात मुगु जिल्लाको सदरमुकाम गमगढी आई लुकेर बसेकी थिइन्। किशोरीले प्रहरीलाई दिएको बयान र घटनाक्रम हेर्दा केटाका आफन्तहरू किशोरीलाई खोज्दै मुगु सदरमुकाम गमगढीसम्मै आइपुगेका थिए। तीन दिनसम्म उनीहरुले किशोरीलाई खोजेको र नभेटेपछि केटाको काका सिंहबहादुर नेपाली बाहेक अरू तीनजना हुम्ला फर्केका थिए।आफूलाई लिन आएका सबै हुम्ला फर्किएको जानकारी पाएपछि किशोरी माघ १३ गते साँझ बजारमा निस्किएकी थिइन्। तर गमगढीमै बसेका केटाका काकाले किशोरीलाई देखेपछि लछारपछार गर्दै हुम्ला लैजान खोजेका थिए। किशोरी चिच्याएको आवाज सुनेपछि गस्तीमा गएका प्रहरीले तत्काल उनलाई उद्दार गरी केटाका काका सिंहबहादुरलाई पक्राउ र्गयो। चारै जनाविरूद्ध मुद्दा अपहरण शैलीमा किशोरी उठाएर हुम्ला र्पुयाइ जबर्जस्ती गर्न खोज्ने १९ बर्षीय श्रीलाल नेपालीसहित यो घटनामा संलग्न चारै जनाविरुद्ध प्रहरीले अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा मुद्दा चलाएको छ। प्रतिवादी ३ जनालाई पक्राउ गर्न मुगु सोरुकोटबाट दुई दिनको दुरीमा रहेको हुम्ला दार्मा गाउँमा प्रहरी पुगिसकेका छन्। तर प्रतिवादीहरु फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिउको छ। फरार रहेकाहरुलाई पक्रन अहिले हुम्ला र मुगु प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए। ’सबै प्रमाणहरु जुटीसकेको छ,’ प्रनाउ साहले भने, ’एक त किशोरी, त्यसमाथि पनि अपहरणको शैलीमा उठाएर लगेको र त्यहाँबााट भागेपछि ठाउँठाउँमा खोज्दै हिँडेको पाइयो, अभियुक्तहरूमाथि बालविवाह, अपहरण र जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइएको छ।’

    Advertisement

    बुधबार, माघ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation