पाल्पा । पाल्पामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । आइतबार बिहान घर नजिकैको सालको रुखबाट लडेर तिनाउँ गाउँपालिका- ३ चौकीभञ्याङ्गका ३८ वर्षीय टङ्कबहादुर दर्लामीको ज्यान गएको हो । घाँस काट्न रुख चढ्नुभएका दर्लामीको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी दोभानका प्रमुख, प्रहरी नायब निरीक्षक बलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
Advertisement