• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

फागुन तेस्रो हप्ता घुम्टे युवा परिवारको परम्परागत होली पूर्णिमा मेला


  •   बुधबार, माघ २२, २०७६ मा प्रकाशित
  • बागलुङ । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक सम्पन्न भएको छ । बैठकले आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म संस्थाको ३५ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा मनाउने निर्णय गरेको छ । होली पूर्णिमा मेलामा गलकोट नगरपालिका खुल्ला बृहत कृषि मेला प्रदर्शनी, खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुल्ला वडा स्तरिय पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । मेलामा यस पटक आकर्षणको रुपमा झुला पिङ समेत सञ्चालन गर्ने तयारी भईरहेको र साथमा विविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने अध्यक्ष थापाले बताए । मेलामा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा पुरस्कार जिन्सी र प्रमाण पत्र, पुरुष भलिबलमा पुरस्कार राशी क्रमश प्रथम नगद रु ५५ हजार ५ सय ५५ द्वितिय नगद रु ३३ हजार ३ सय ३३ र सान्तवना २ समुहलाई ११ हजार १ सय ११ प्रदान गरिने उपाध्यक्ष जीवन साहानीले जानकारी दिए । उपाध्यक्ष साहानीका अनुसार सामुहिक नृत्यको प्रथम पुरस्कार नगद रु १५ हजार द्वितिय पुरस्कार नगद रु १० हजार र तृतिय पुरस्कार नगद रु ७ हजार, रहनेछ त्यस्तै वडा स्तरिय पुरुष रस्साकसीको प्रथम पुरस्कार नगद रु ७ हजार र द्वितिय पुरस्कार नगद रु ३ हजार ५ रहने छ । होली पूर्णिमा मेलामा ज्येष्ठ नागरिक अभिनन्दन, भुपु खेलाडी अभिनन्दन, सफल युवा व्यावसायी सम्मान, विपन्न परिवारलाई राहत वितरण, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए । बैठकमा संस्थाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, युवा वर्गको उल्लेख्य उपस्थिती रहेको थियो । मेला अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, राम खत्री लगायतको सांगितिक प्रस्तुति रहने बताईएको छ । बैठकमा कार्य समितिका पदाधिकारीहरु, युवा समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । संस्थाले स्थापनाकाल देखि नै स्थानिय स्तरमा सामाजिक जागरणका अभियान अनि कृयाकलापहरुमा सकृयता पूर्वक कार्य सम्पादन गर्दै आईरहेको छ ।

    Advertisement

    बुधबार, माघ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...