• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कारागारमा विद्यालय सञ्चालन


  •   मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
  • दाङ । दाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ प्रमाणपत्र पाउने गरी औपचारिक कक्षासमेत सुरु गरेको छ ।घोराहीमा रहेको कारागारभित्र कैदीबन्दी पढिरहेका भेटिन्छन् । भित्तामा वर्णमाला लेखिएका अक्षर कुँदिएका छन् । शिक्षकले त्यहाँ पढाइरहेका हुन्छन् भने विद्यार्थीले पलेटी मारेर सुनिरहेका हुन्छन् । त्यहाँको वातावरण हेर्दा त्यो कारागार कम कक्षाकोठाजस्तो ज्यादा लाग्दछ ।कारागारमा रहेका कैदीबन्दीलाई शिक्षा दिनका लागि कारागारभित्रै विद्यालय स्थापना गरिएको छ । कारागारभित्रको विद्यालयको नामसमेत राखिएको छ ‘ज्ञानज्योति माध्यमिक विद्यालय’ विभिन्न अपराध गरेर कारागारमा गएका कैदीबन्दीलाई शिक्षित बनाउने उद्देश्यले अङ्ग्रेजी र नेपाली भाषाको कक्षा सञ्चालन गरिएको छ ।कारागारभित्र टिनले बारेको सानो कोठाको भित्तामा नेपाली वर्णमाला टाँगिएको छ । भित्ता पूरै अक्षरले भरिएका छन् । यो सजावट नभएर कारागारका कैदीबन्दीलाई शिक्षा दिनको लागि कक्षाकोठा निर्माण गरिएको हो । कारागारमा रहेका केही पढ्न चाहने युवाले केही लेख्दै गरेका हुन्छन् भने एक जना शिक्षक युवकले पढाउँदै गरेको पनि देखिन्छन् ।

    Advertisement

    पढ्दै र पढाउँदै गरेका सबै सजाय काट्न आएका कैदीबन्दी हुन् । कोही लामो सजाय भोग्दै छन् भने कोही भर्खरै सजाय भोग्न आएका बन्दी छन् । विभिन्न समस्याले पढ्न नपाएका र विभिन्न मुद्दामा सजाय काट्न आएका कैदी केही नयाँ कुरा सिक्न पाएकोमा खुशी देखिन्छन् ।“गल्ती गरेर जेलमा आइयो त्यसै बस्नुभन्दा केही नयाँ कुरा पढ्न पाउँदा निकै खुशी लागेको छ” कैदी रेशमबहादुर बुढाथोकीले भन्नुभयो, “पढ्न थालेपछि नयाँ कुरा पनि सिक्न पाइएको छ । समय कटाउन पनि निकै सजिलो भएको छ ।”बाह्र वर्षदेखि जेल जीवन बिताउँदै आउनुभएका अङ्ग्रेजी विषयका कैदी विद्यार्थी प्रेम चौधरी र ६५ वर्षीय अम्मरबहादुर यादव पनि पढ्न पाएकामा आफूहरु निकै खुशी भएको बताउनुभयो ।उमेर ढल्किसकेका यादव बुढौली उमेरमा भए पनि कारागारमा पढ्न पाउँदा पहिले ल्याप्चे लगाउने मानिस अहिले आफ्नो नाम आफैँ लेखेर हस्ताक्षर गर्न सिकेको बताउनुभयो ।

    “मैले गणितसमेत सिकेको छु । जोड घटाउसमेत गर्न जानेको छु” उहाँले भन्नुभयो । अर्का कैदी जीतबहादुर महराले कारागारमा आएर शिक्षासँगै विगतमा आफूले गरेका गल्ती सुधार्दै जाने प्रयासमा रहेको बताउनुभयो ।कारागारभित्र यस्तै अनौपचारिक शिक्षा दिन विद्यालय नै स्थापना गरिएको छ भने कारागारमा रहेका कैदीबन्दीमध्येबाट प्रमाण पत्र तह उत्तीर्ण गरेको र योग्य व्यक्ति छनोट गरी शिक्षकसमेत नियुक्ति गरेको कारागारका प्रमुख जेलर विष्णुप्रसाद पाण्डेले बताउनुभयो ।आफूले गरेको गल्तीको सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइरहँदा पाएको अवसरलाई पश्चातापको रुपमा लिँदै ज्ञान बाँड्न पाउँदा निकै खुशी भएको कैदी एवं कारागारका शिक्षक प्रकाश परियारको भनाइ छ ।कारागारभित्र अक्षर नचिन्नेका लागि अनौपचारिक शिक्षा र शिक्षितलाई अङ्ग्रेजी भाषाको शिक्षासमेत सञ्चालन गरिएको अङ्ग्रेजी शिक्षक एवं कैदी मानबहादुर नेपालीले बताउनुभयो ।यसरी सञ्चालित कक्षाबाट कैदीबन्दीले समयको सदुपयोगका साथै ज्ञान प्राप्त गर्ने अवसरसमेत पाएका छन् । विद्यार्थीलाई पढाएबापत कैदी शिक्षकलाई वार्षिक दुई महिना कैद मिनाहा गरिदिने व्यवस्था मिलाइएको पनि जेलर पाण्डेले जानकारी दिनुभयो ।अहिले कारागारमा कैदीबन्दीले नेपाली, अङ्ग्रेजी र गणित विषय सिक्दै आइरहेका छन् ।

    दाङको घोराही कारागारभित्र करिब पाँच प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेका र बाँकी सबै निरक्षर छन् । ३० जना कैदीबन्दीले विद्यार्थीका रुपमा नियमित अध्ययन गरिरहेको कारागार शाखाको रेकर्डमा उल्लेख छ । –रासस

    मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation