• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

लिटिल प्याराडाईजको रजत जयन्ति समारोह शुभारम्भ


  •   आइतबार, माघ १९, २०७६ मा प्रकाशित
  • रुपन्देही। रूपन्देहीको तिलोत्तमा ७, भलवारीमा अवस्थित लिटिल प्याराडाईज ईंग्लिश मिडियम स्कूलले जारी शैक्षिक सत्र अवधीभर विविध कार्यक्रम गरि आफ्नो रजत जयन्ति समारोह मनाउने भएको छ ।
    आज विद्यालय प्रागंणमा आयोजित एक विशेष समारोहका विच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रजत जयन्ति समारोहको विधिवत रूपमा उद्घघाटन गरेका छन । सो अवसरमा बोल्दै मेयर घिमिरेले, विद्यालयले आफ्नो २५ वर्षे यात्रा सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी लागेको बताउँदै संस्थागत एवं सामुदायिक विद्यालयहरूले अबको शिक्षामा सैद्धांतिक सँगसँगै
    ब्यवहारिक शिक्षाका लागि समेत विद्यालयहरू अब चिन्तनशील बन्नुपर्नेमा जोड दिए । मेयर घिमिरेले तिलोत्तमा नगरपालिकाले संस्थागत एवं सामुदायिक विद्यालय बिच कुनै विभेद नगरेको बताउदै समयसापेक्ष शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिएका हुन ।

    Advertisement

    सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एंव तिलोत्तमा वडा न ७ का वडाध्यक्ष दुर्गा प्रसाद पाण्डेले नगरमा शैक्षिक गुणस्तर सुधार्न यथासक्दो प्रयास गरिरहेको बताए । साथै उनले प्लाष्टीकमुक्त नगर बनाउन अब नगरभित्रका विद्यालयहरूले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।
    सो अवसरमा स्वागत मन्तब्य दिदै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले २०५१ सालबाट सालबाट सन्चालनमा आएको लिटिल प्याराडाईजले विभिन्न आरोह र अवरोहका विच हालसम्म अब्बल नतिजा ल्याउन सफल भएको जानकारी दिए । उनले विद्यालयले एलएलसी परीक्षामा सामेल भएको शुरू कै बर्ष २०६५ र ०६६ सालमा शतप्रतिशत नतिजा सहित २०७५ सालमा नगरपालिकाले पहिलो पटक लिएको आभारभुत तहको परीक्षामा समेत तृतीय स्थान हासिल गरेको जानकारी दिए । साथै उनले अन्य शैक्षिक, खेलकुद, सांस्कृतिक एंव सामाजिक लगायतका अतिरिक्त क्रियाकलापमा समेत विद्यालय सदैव अगाडी रहेको जानकारी दिए । विद्यालयले बर्षेनी सानो स्वर्ग स्मारिका प्रकाशन समेत गर्दै आएको छ हरेक बर्ष आयोजना हुदै आएको प्याराडाईज बिज्ञान तथा प्रविधि हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत आज आयोजित प्रतियोगितामा डन चिल्ड्रेन बोर्डिंग स्कूल नयाँमीलले प्रथम, होराईजन जिविएस ड्राईभरटोलले द्विप्तिय र लर्ड बुद्घ ज्ञान ज्योतिले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।
    स्थानीय एंव जिल्लास्तरमा विभिन्न कार्यक्रम गर्ने गरि समयतालिका मिलाईएको बताउदै प्लाष्टीकमुक्त क्षेत्र घोषणा कार्यक्रममा सहयोग पुर्याउने गरि तिलोत्तमा
    नगरसँगको सहकार्यमा यही माघ २३ गते भलवारी क्षेत्रमा करीब ४०० विद्यार्थी परिचालन गरि सरसफाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेले जानकारी दिए ।
    विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता एंव प्रधानाध्यापक केएन सागर ज्ञवालीको स्वागत रहेको कार्यक्रमको सन्चालन राजेश केसीले गरेका थिए भने कार्यक्रममा समाजसेवी, राजनैतिककर्मी, बुद्धिजिवी र अभिभावक र विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

    आइतबार, माघ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation