गिता गौतम,प्यूठान। झिम्रुक गाउँपालिका वडा नंवर १ सौतामारे स्थीत श्री अमरसिंह मा विको स्वर्ण महोत्सव आज सम्पन्न भएको छ । बिद्यालय स्थापनाको पचास औँ बर्ष प्रबेशको उपलक्षयमा गत माघ १२ गतेबाट संचालन भएको महोत्सव आज सम्मपन भएको हो। सोही अबसरमा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपसचिव कुल बहादुर जि सिले विद्यार्थीहरुका लागि विद्यालयले लोकसेवा स्तरका कक्षा संचालन गरी विद्यार्थिलाई सफलताको बाटो देखाउन विद्यालयवाटै पहल गर्नेु पर्ने बताउनु भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य बहादुर थापाले आफू विविध कारणले गर्दा कार्यक्रममा उपस्थित हुन नसके पनी आफुले अध्यन गरेको बिधालयमा कम्प्युटर ल्याप को पहल गरेको बताउनु भयो । हाल सम्म कक्षा १० सम्म अध्यापन गराउदै आएको विद्यालयमा १२ कक्षा सम्म विद्यालय संचालन गर्न पहलकदमी समेत सुरु भएको छ । साथै १२ कक्षा सम्म संचालन गर्न विभिन्न सहयोगिदाताहरुवाट ४५ लाख भन्दा माथी उठेको वडा अध्यक्ष धुर्व खनालले बताउनु भयो ।
।साथै कार्यक्रममा जनबादी गायक जीवन शर्मा लगाएत विभिन्न कलाकारहरुको प्रस्तुति रहेको थियो। कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुखतथा प्रतिनिधी ,राजनितीक दलका जनप्रतिनिधि, पत्रकार ,सुरक्षाकर्मी ,समाजसेवी लगायत जन प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
अमरसिंह मा विको स्वर्ण महोत्सव सम्पन्न
अमरसिंह मा विको स्वर्ण महोत्सव सम्पन्न

Advertisement
तपाईको प्रतिक्रिया