शिव राज खनाल, लमही । दाङको लमहिमा स्कुल बसले किचेर एक १८ महिने बालिकाको ज्यान गएको छ।
बेलुका ३ : ४० बजेको समयमा गोर्खा मोडेल बोर्डिङ स्कुलको रा १ क १०२८ नम्बरको बसले किच्दा स्थानीय छोटु मुसलमान कि १८ महिने छोरी सलिना खातुनको ज्यान गएको प्रहरीले बताएको हो ।
लमही वडा प्रहरी प्रमुख प्रज्वल थपलियाले बताए अनुसार लमही नगरपालिका वडा नम्बर ६ स्थित स्वामी चोक नजिकै स्कुल बसले किचेर सलिनाको ज्यान गएको हो। स्कुलका विद्यार्थी छोडेर फर्कदै गर्दा बसले उनलाई ठक्कर दिईएको थियो।ठक्कर दिने बस र त्यस्का चालक राप्ती गाउपालिका वडा नम्बर १ पाखापानी बस्ने ४० बर्षीया ओल बहादुर पुन प्रहरी नियन्त्रणमा छन।उनिहरु माथी थप अनुसन्धान भईरहेको छ।
Advertisement