सनिउल्ला धोबी कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले जेष्ठ नागरिकको सम्मानमा नै नगरको स्वाभिमान रहेको बताउनु भएको छ। नगर प्रमुखले जेष्ठ नागरिकहरु सेवा सम्मान गर्ने अभिभारा नगरको रहेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाका जेष्ठ नागरिकलाई स्वीटर वितरण कार्यक्रममा नगर प्रमुख अधिकारीले यस्तो बताउनु भएको हो । उहाले जेष्ठ नागरिकको सम्मानका लागि नगर परिषदबाट रकम विनियोजित गरी स्वीटर वितरण गरेको र आउने दिनमा नागरिक समाजको लागि विशेष योजना ल्याउने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शकिल अह्मद मुुसलमानले जेष्ठ नागरिकहरुको सम्मानमा नगर र वडा सधै तत्पर रहेको बताउनु भयो । त्यस्तै वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले गत आर्थिक बर्षमा नगर तथा वडाबाट कम्बल वितरण गरी जेष्ठ नागरिकको सेवा गरेका थियौ अहिले स्वीटर वितरण कार्य भएको भन्दै यस्तो कार्य आउने दिनमा गर्दै जाने बताउनु भयो । त्यस्तै कार्यक्रममा शिवराज नगरपालिकाका समाजसेवी प्रेम बहादुर रायमाझीले जेष्ठ नागरिकको सम्मानको लागि नगरले गरेको कार्य अति नै प्रशांसनीय भएको बताउनु भयो । युवा समाजसेवी अजय थापाले नगरपालिकाले गरेको यस्तो कार्यले जेष्ठ नागरिकहरुलाई राहत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा शिवराज नगरपालिका वडा नं ३,४ र ११ वडाका दुईसय भन्दा बढी जेष्ठ नागरिकहरुलाई स्वीटर वितरण गरिएको हो । जेष्ठ नागरिकहरुलाई शिवराज नगरपालिका वडा नं ४ को खरेन्द्रपुरमा बालहंस सागंवेद आश्रममा एक कार्यक्रम आयोजना गरी स्वीटर वितरण गरिएको हो ।राष्ट्रिय जेष्ठ नागरिक समाज शिवराज नगर समितिको आयोजनामा भएको कार्यक्रममा शिवराज नगरपालिकाको आर्थिक सहयोगर रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय जेष्ठ नागरिक समाज शिवराज नगरका कार्यावहाक अध्यक्ष भिमलाल पाण्डेयले गर्नु भएको थियो । सो कार्यक्रमका गंगाधर भटराईले स्वागत मनतव्य राख्नु भएको थियो ।
जेष्ठ नागरिकको सम्मान नै नगरको स्वाभिमानः नगरप्रमुख अधिकारी
जेष्ठ नागरिकको सम्मान नै नगरको स्वाभिमानः नगरप्रमुख अधिकारी
Advertisement
तपाईको प्रतिक्रिया